आज मन्त्री प्रेम आलेले उद्घाटन गर्दै सुदूरपश्चिम प्रादेशिक महोत्सव


अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रदेशिक महोत्सव २०७८ सुरु हुँदै छ । महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने आयोजकले बताएका छन ।

संघका अध्यक्ष अशोक राज देवकोटाले आज शुक्रबार दिउँसो १ बजे महोत्सवको उद्घाटन गरिने बताए । महोत्सवको उद्घाटन अघि यस क्षेत्रका कला संस्कृति झल्कने बाजागाजा र र्याली सहित अत्तरिया बजार परिक्रमा गरिने समेत बताएका छन ।

महोत्सवमा टिकटको दर ५० रुपैयाँ तोकिएको छ । विद्यार्थीहरुका लागी भने विद्यार्थी परिचयपत्र कार्डका आधारमा ४० रुपैयाँमा प्रवेश पाउने छन ।

महोत्सवमा करिब डेढ करोडको कारोबार हुने अपेक्षा लिएको संघका अध्यक्ष देवकोटाले बताए । उनले महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको बताए ।
महोत्सवको सुरक्षाका लागि बिषेश प्रवन्ध मिलाइएको उद्योग बाणिज्य संघले जनाएको छ । अध्यक्ष देवकोटाले सुरक्षाका लागि सशस्त्र प्रहरी, जनपद प्रहरी र निजी सुरक्षाकर्मी पनि व्यापकरुपमा परिचालन गरिने जनाएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0