सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिब्र पारिदै
अत्तरिया – कैलालीको अत्तरियामा संचालन हुनगईरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिव्र पारिएको छ । यहि फागुन १३ देखि २५ गतेसम्म संचालन हुन लागेको महोत्सवको तयारी तिब्र पारीएको हो । महोत्सव संचालन हुन १ दिन मात्रै बाँकी रहदा महोत्सव स्थलमा संरचना निर्माणको कामलाई तिब्रता दिइएको छ ।
अहिले एकै पटक महोत्सवको मञ्च निर्माण, स्वागत गेट निर्माण, स्टल निर्माण, घेरबार निर्माण संगै रमाइलो मेलाका संरचना निर्माण भइरहेका छन । यसअघि पुस २७ देखि माघ ९ गते महोत्सव संचालन गर्ने भनिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।