कैलालीमा सशस्त्र प्रहरीले गरे हतियारसहित ३ जना पक्राउ


धनगढी – कैलालीमा सशस्त्र प्रहरीले हतियार सहित ३ जना पक्राउ गरेका छन । सशस्त्र प्रहरीले कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको हो ।

फाईल : तस्वीर

सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान साढे ४ बजेतिर एक थान बारबोर बन्दुक र ५ कार्तोस ९गोली० सहित कैलारी गाउँपालिका–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नं। ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताएका छन । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0