नेपाली काँग्रेस कैलाली क्षेत्र नं ४ द्धारा प्रजातन्त्र दिवसको अवसरपारी कार्यालयको समुद्घाटन गरिदै


अत्तरिया – नेपालभर आज ७२ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । यी सबै परिवर्तनका जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको छ । आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै आईरहेको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज नेपाली काङ्ग्रेस कैलाली क्षेत्र नंं४ ले प्रजातन्त्र दिवसको अवसरपारी पार्टी कार्यालयको समुद्घाटन गर्ने कार्यक्रमको आयोजना गरेको छ ।

दिवसको अवसरमा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले कार्यक्रमको आयोजना गरेको छ । दिवसको अवसरमा आजै अत्तरियामा रहेको पार्टीको क्षेत्रीय कार्यालयको उद्घाटन गरिने कैलाली क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकायाले जानकारी दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एवं केन्द्रिय सदस्य एन.पि.साउद रहने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0