प्रजातन्त्र दिवस, अत्तरियामा पनि विविध कार्यक्रम गरि मनाईदैं


अत्तरिया – नेपालभर आज ७२ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष त्यसै दिन राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउदै गरिएको छ ।
फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना र विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको हो ।

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । यी सबै परिवर्तनका जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको छ । आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ ।

दिवसको अवसरमा आज कैलालीको अत्तरियामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरिदैं छ ।

दिवसको अवसरमा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले कार्यक्रमको आयोजना गरेको छ । दिवसकै अवसरमा आजै अत्तरियामा रहेको पार्टीको क्षेत्रीय कार्यालयको उद्घाटन पनि गरिने कैलाली क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकायाले जानकारी दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एन.पि.साउद रहने बताएको छ ।

यस्तै दिवसको अवसरमा नेपाली कांग्रेस (विपि) ले अत्तरियामा रहेको पतंजली योग समितिको सभाहलमा कार्यक्रमको आयोजना गर्दै छ ।
यस्तै अन्य निकायहरुले पनि दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0