गोदावरी नगरपालिकामा स्वतन्त्र उम्मेदवारमा : पुस्कर शर्मा जोशीको चर्चा


नेपाल सरकारले स्थानिय तहको निर्वाचन बैशाख ३० गते घोषणा गरे संगै देशभरी नै स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको चर्चा हुदैगरेको छ । स्थानीय निर्वाचनको घोषणासंगै स्वतन्त्र युवाहरु पनि दलिय व्यवस्थामा कमि कमजोरी छ र कमि कमजोरीलाई अब धेरै दिन ढाक छोप गर्न सकिदैन भनेर चुनौतिका रुपमा देखिन थालेका छन । वा अहिलेको राजनैतिक दल प्रति वितृष्णा जागेर स्वतन्त्र रुपमा विभिन्न पदमा उमेदवारी दिईरहेका छन ।
काठमाडौं महानगरपालिकका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह हुन वा कैलालीको लम्कीचुहा नगरपालिकाका उदय भाट हुन । डडेल्धुरा वा पोखराका युवाहरुहुन स्वतन्त्र युवाहरु आफ्नो भिजन सहित उमेदवारी दिदै अघि देखा पर्न थालेका छन ।
यसै क्रममा कैलालीको गोदावरी नगरपालिकामा पनि स्वतन्त्र युवा पुष्कर शर्मा जोशी पनि चुनावी मैदानमा आफ्ना ठोस योजना सहित उत्रीने चर्चा चुलिएको छ । आगामी पाँच बर्षे कार्यकालका लागि हुने सो निर्वाचनमा पुष्कर शर्मा जोशी एक प्रमुख पदमा उम्मेदवारका रुपमा देखा पर्दैछन ।

कम्प्युटर साईन्सबाट ग्रयाजुयट र कम्प्यूटरमै CCIE नेटवर्क इन्जिनियरिङमा स्पेसिलाइजेशन गरेका पुष्कर शर्मा जोशी सुदुरपश्चिमकै कमप्यूटर शिक्षाका चर्चित शिक्षक हुन । विगत १६ बर्ष देखि लगातार सुदुरपश्चिममा कम्प्युटर शिक्षामा योगदान पु¥याए वाफत बर्ष २०२१ मा विश्व शिक्षा आईकन अवार्ड द्धारा सम्मानित भएका थिए । पुस्कर शर्मा जोशी यस क्षेत्र कै चर्चित युवा पनि हुन् । उनि बिधार्थी माझ अन्त्यन्तै चर्चित छन । आफ्ना समाजिक परिवर्तन सम्वन्धी विभिन्न कुराहरुलाई सामाजिक संजालमार्फत सुसूचित गर्ने र व्यांग्यात्मक स्ट्याटस का कारण पनि उनि यस क्षेत्र का लोकपृय पात्र हुन् । शान्त स्वभाव ,मन परेन भने तुरुन्तै प्रतिक्रिया दिने भएको ले पनि उनि युवाहरु माझ प्रिय छन । यस क्षेत्र का साना ठुला सबै अभियान मा उनि उपस्थिती जनाउदै आएका छन् । जोशीलाई बिना पार्टी को तर कांग्रेस ,समाजवादी ,एमाले ,माओबादी ,राजाबादी सबैको मान्छे पनि मानिन्छन । उनकै भाषा मा भन्ने हो भने पनि उनि कांग्रेश ,एमाले ,माओबादि ,रा प्रा पा का साझा उमेद्वार जस्ता छन ।

२०७१ देखि गरिब तथा जेहन्दार विद्यार्थीलाई निःशुल्क या स–शुल्क विद्यार्थीलाई सिप मुलक तालिम दिनको लागि उनले प्लानेट भोकेशनल ट्रेनिङ एण्ड एजुकेशन संचालनमा ल्याई हरेक बर्ष कम्तिमा ७ देखि १० हजार विद्यार्थीलाई विभिन्न सिप मुलक तालिम दिइरहेका छन ।
प्लानेट भोकेशनल ट्रेनिङ एण्ड एजुकेशन मार्फत विद्यार्थीहरुलाई विभिन्न सिपमुलक तालिम दिने तथा नेपाल भर २५ करोड रुख अभियानका संयोजक तथा अभियान्तताका रुपमा चर्चित छन् । म १० लाख रुख लगाउन सक्ला ,२० लाख लगाउन सक्ला तर कुनै एक ठाउँ सुन्दर बनाउन सके नेपालभर लहर चल्ने छ । अनि मेरो २५ करोड रुख को सपना पुरा हुनेछ । त्यसैले उक्त अभियान को नाम नै २५ करोड रुख नेपाल राखेका छन । अभियान को क्रममा उनले नेपाल भरीका करिब ५०० स्कुल पुगेर रुख लगाऊ भनेर जनचेतना फैलाउदै आएकाछन । उनि देशका कुना काप्चामा हरियाली प्रवर्दनकान लागि सक्रिय छन । कोरोना कालमा अक्सिजन कन्सनट्रेटर होस वा गरिब तथा खाना नपाउनेहरुकोे सहयोगको लागि विभिन्न संस्थासंग आबद्ध भई कार्य गरेका थिए ।
यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सरसफाई, नगर व्यवस्थापन, खेलकुद, तथा रोजगार लगायतका क्षेत्रमा उनका महत्वकांक्षी तर व्यवहारिक योजना सहित उनि चुनावमा होमिएका हुन् ।

उनले भने, “मेरो प्राथमिकता हरियाली, फुलैफुलको शहर, सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा, फोन कलमा एम्बुलेन्स सेवा, एसएमएस वा हेल्पलाइन फोनकलबाटै बिहे दर्ता, मृत्यु दर्ता, सिफारिस, बसाईसराई, नयाँ व्यवसाय दर्तागर्ने प्रक्रियाका लागि घरमै बसेर म्यासेज वा मिसकलको आधारमा जनताले सेवा सुबिधा सहजै पाउनु भन्ने हो । जोशी सुचना प्रविधिका विद्यार्थी भएकोलेपनि उनी प्रविधिलाई हरेको पहुचमा पुगोस , जनताले न्यूनतम सुविधा लिन वडा कार्यालय नधाउन यस भेगका जनताले एकल महिला भत्ता होस वा बृद्ध भत्ता लिनका लागि कुनै पनि बंैकमा लाइन लाग्न नपरोस र अफ्ठ्यारोमा परेका आम नागरिकहरु निश्चित हेल्फलाईन थिच्ने वित्तीकै प्रहरी वा स्थानिय प्रशासनमा खबरपुगोस र तत्काल सम्वन्धीत समस्याहरुको सहजै समाधान होस भन्ने चाहान्छन । गाउँ गाउँमा रहेका सामुदायिक वनमा रहेका महिला तथा पुरुष सदस्यहरु रोजगारीको लागि भारत तथा अन्य क्षेत्रमा नजाउन सामसदायिक वन भित्र नै लघु उद्यमशिलता गराई कम्तिमा यस क्षेत्रका ५०० परिवारलाई प्रत्यक्ष आय आर्जनको बाटोमा साथै यस नगरपालिकामा रहेका न्यून आय स्रोत र गरिबीको रेखामुनी परेका सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क शिक्षा तथा निःशुल्क कुनै न कुनै सिपमुलक प्राविधिक शिक्षा कम्तिमा उनको कार्यकाल भित्र ५ हजार जनालाई प्रशिक्षण दिइने ठोस योजना वनाएकाछन् ।
ट्युसन तथा कुनै पनि थप प्राविधिक शिक्षा लिन परे बिना शुल्क सम्पूर्ण वडामा प्रशिक्षण दिने उनको योजना छन ।

आफू निर्वाचित भए आफ्नो पाउने तलब , गाडी तथा अन्य सेवासुविधा समेत नलिने वाचागरेकाछन , आफुले पाउने सप्पूर्ण सेवा सुविधालाई यस क्षेत्रका सम्पूर्ण गरिव वालवालीकालाई पढाउन र वृद्धवृद्धाहरुको उपचारमा खर्च गर्ने वाचागरेका छन । आन्तरिक तथा बाह्य (विशेष गरी भारत) का पर्यटकको भिड लाग्ने गरी रुख विरुवा र फुल लगाउने छन । चुनावमा हारजित जे भएपनि आफु हरियालिका लागि प्रत्येक बर्ष कम्तिमा एक लाख रुख लगाउने छन । जितेमा कम्तिमा ५ लाख रुखविरुवा तथा विभिन्न फुलफूल लगाउने छन । यस नगरपालिकामा रहेका सम्पूर्ण विद्यार्थीहरुलाई जिवनकालमा कम्तीमा २ संरक्षण सहित लगाउन प्रोत्साहन गर्नेकिसिमको वातावरण सृजन ागर्ने वताएका छन । यसका लागी सम्पूर्ण नगरवासीहरुलाई जन्मदिनको अवसरमा एक वोटविरुवा निशुल्क वितरण गर्ने वातावरण वनाउनेछन । यस नगरका वाटाहरुलाई विभिन्न जैविकमार्ग जस्तै रुद्राक्ष मार्ग, निम मार्ग, अम्ला मार्ग, गुलाब मार्ग, बोटल प्लाम मार्ग, एरोप्रिया मार्ग, बेगमबेली मार्ग, गुलमोहर मार्ग, विभिन्न भाईरल मार्ग बनाएर पश्मिको ओलानी पूर्वको मष्टा धाम दक्षिणमा गेटा र उत्तरमा खानिडाडा सम्म फुल र रुख विरुवा लगाई यस क्षेत्रलाई नै फुलै फुलको शहर एवं आर्गनिक शहरका रुपमा चिनाउने सपना वोकेका छन ।
यस नगरलाई माग्ने मुक्त बनाउन यहाँ मागेर जीवन चलाउने लाई नगरसरसफाई रोजगारीमा लैजाने, उनका बच्चाहरुलाई नगरपालिकाले निशुल्क पढाउने अभियान थाल्ने छन । यदी माग्नेहरुले काम नगरी मागेर जीवन चलाउन खोजे उनलाई माग्नबाट बन्चित गर्ने र कामगर्ने वातावरण सृजनागर्नेछन । फोहरलाई श्रेणी अनुसार व्यवस्थापन गरिने छ । काम लाग्ने फोहोरलाई पुन प्रयोग गरिने छ । काम नलाग्ने फोहोरलाई मेल्टिङ प्रविधिको प्रयोगगरी ,गराई सडक निर्माणमा लगिने छ ।
जन्मदेखि मृत्युसम्म नारा अभियान अन्तरगत बच्चा जन्मेदेखि उसको पञ्जीकरण सुविधा उसको घरमै पुगी तथा यस नगरक्षेत्रभरी कसैको पनि मृत्यु भएमा सक्नेलाई सर्बसुलभ शुल्कमा नसक्नेलाई निशुल्क महाप्रस्थान यानको सुविधा पनि उनको योजनामा रहेको वताएका छन । यस क्षेत्र मा कोइ व्यक्ति बिरामी भए सर्वसुलभ मूल्य वा आफ्नै बहान भए पनि एम्बुलेन्स सेवा फोन कल कै आधारमा दिने योजना छः उनको । अन्तिम यात्रा शान्त हरियाली बाटो बाट महाप्रस्थान होस् भनि उनले हनुमान मन्दिर देखि गोदावरी आर्यघाट सम्मको रहेका दुइ कि मि मा विभिन्न प्रजातिका फुलका बिरुवा लगाउने समेत योजना रहेको बताएका छन ।

बयोबृद्ध लाई गफ गर्ने चौतारी र युवा लाई खेल खेल्न ब्यायाम गर्न प्रत्येक वडा मा पार्क तथा ब्यायामशाला र फल फुल, रुखै रुख को बीच खेल मैदान बनाउने योजना छ ।

गोदावरी धामलाई बगैचाको रुपमा परिवर्तन गर्ने र यहाँका सामुदायिक बनमा विभिन्न प्रकारका फल फुल देखि तरकारी फुलाउने योजना पनि उनले प्राथमिक्तामै राखेका छन । हजारौ किसिमका पंक्षी यस क्षेत्र मा बसोबास गरुन तेस्का लागि उनि प्रत्येक सामुदायिक बनमा दुइ तिन पंक्षी गृह बनाउने योजना छ ।
गोदावरी धाम नजिकै रहेको आर्यघाट को फोहर ब्यबस्थापन तथा मान्छे को अन्तिम यात्रा कमसे कम फुल नै फुल को उद्धान बाट होस् तेस्का लागि उनले कम बजेट मै आर्यघाट लाइ अलौकिक रुपमा ,सुन्दर र ब्यबस्थित बनाउने सपना देखेका छन ।
यस क्षेत्रमा उत्कृष्ट भिजन दिने युवालाई सम्मानित गर्ने । उसको भिजन अनुसार उसलाई रोयल्टी दिने । भिजन राख्न एउटा बिचार मंञ्च बनाइने छ । आफ्ना नेताको खुलेर बिरोध वा सुझाव दिने थलो , गुनासो पोख्ने थलो वा बिचार बिमर्श गर्ने थलो बनाइनेछ । सडक मा गरिने बन्द ,यातायात बन्द वा बजार बन्दको विकल्प, आफ्नो बिरोध, धर्ना गर्ने चौक समेत वनाउने र प्रत्येक महिना यस क्षेत्रका नगरवासी विचमा प्रत्यक्षरुपमा गई समस्या बुझ्न आईडिया चौतारीको निर्माण गर्ने पनि योजना रहेको छ ।
यी र यस्ता धेरै योजना उनले तयार पारेका छन् ।। म काम गर्ने मानिस हो । विकाश मेरो मिसन भिजन हो विकासका लागि कक्रीटका पुल र चौडा सडक हुनै पर्छ भन्ने जरुरी छैन स –साना कुरामा म आम नगरवासीका खुसीको आधार खोज्नेछु ।”
देशमा अहिले भौतिक पुर्वाधार निर्माण हुनुलाई मात्रै बिकाश मान्ने चलन भएपनि जोशीले भने विकाश गर्ने भन्दै धेरैको घरवास उठाएर सडक बिस्तार गर्ने प्रवृतिको विरुद्धमा रहेका छन् । यहाँ सडक बिस्तार हैन, व्यवस्थापनको जरुरी हो ।
जोशीको स्थानीय निर्वाचनमा आगमनको चर्चाचुलिएसंगै यस क्षेत्रको निर्वाचनमा समिकरण वदलिने र उनी यस क्षेत्रका आम युवाविद्यार्थीहरुमाझ लोकपृय रहेको कारणपनि देशको मुलधारको राजनिति प्रति विमती राख्ने जमातको लोकपृय उम्मेदवारका रुपमा पर्न सक्ने आकलन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
16
+1
11
+1
0
+1
0
+1
0
+1
0