नुहाउने क्रममा खोलामा डुबेर बझाङमा एक किशोरको मृत्यु


धनगढी – बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको क्रममा बोहराको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0