अत्तरिया महोत्सव फागुन १३ देखि हुने


अत्तरिया – कैलालीको अत्तरियामा फागुन १३ देखि २५ गते सम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । बिहिबार अत्तरिया उद्योग बाणिज्य संघको कार्यसमिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशीले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए । यसअघि पौष महिनामा गर्ने भनिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

अत्तरिया उद्योग वाणिज्य संघले पुस २७ गते देखि माघ ९ गते सम्म संचालन गर्ने भनेको महोत्सव पुस २६ गते स्थगित गरिएको हो । कोरोनाकै कारण अत्तरियामा विगत २ बर्ष देखि महोत्सव हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0