कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु


धनगढी – कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ का अन्दाजी ३१ वर्षिय दलबहादुर भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ ।

अत्तरिया–धनगढी ६ लेन सडकमा रहेको डिभाइडरसँग मोटरसाइकल ठोक्किँदा उनको मृत्यु सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
बुधबार अत्तरियाबाट धनगढी आउँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका–१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किदा भट्टराई घाईते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका नै मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0