डोटीमा ट्याङ्कर दुर्घटनाः फरार चालकको खोजी गरिदिन मृतकका आफन्तको अपिल


अत्तरिया – डोटीमा भएको ट्याङ्कर दुर्घटना पनि फरार भएका चाललको खोजी गरिदिन मृतकका आफन्तले अपिल गरेका छन । बुडरबाट छतिवन जाने क्रममा से १ क २१ नम्बरको ट्याङ्कर दुर्घटनामा मृत्यु भएका तारा ऐरका आफन्तले दुर्घटना गराउने चालक फरार भएकाले खोजि गरिदिन सार्वजनिक अपिल गरेका हुन ।

माघ २८ गते जोरायल गाउँपालिका–२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा सोही ठाउँका ४२ वर्षीय ऐरको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्याङ्कर दुर्घटना पछि चालक नवीन ऐर फरार भएपनि हाल सम्म पनि सम्पर्कमा आएका छैनन् । मृतकका आफन्तले जानी–जानी दुर्घटना गराएर हत्या गरेको आरोप लगाएका छन ।

मृतकका भतिजा शाहीले ऐरले ट्याङ्कर चालक संग लाइसेन्स पनि नभएकाले जिल्ला प्रहरी कार्यालयमा ज्यानमारा मुद्धा गर्दा गरिएको बताए । उता जिल्ला प्रहरी कार्यालय डोटीले भने चालकको खोजी कार्य जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0