सुदूरपश्चिमका चार स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

0
92

धनगढी- सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। सरकारले आज सुदूरपश्चिम प्रदेशका चार र प्रदेश १ को एक गरि ५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा चारवटा गाउँपालिका र एक नगरपालिका रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको शिखर गाउँपालिका, डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

बाढी, पहिरो लगायतका विपद्बाट ठूलो मानवीय क्षती भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ। ती स्थानीय तहमा पुगेको क्षतीको पुनस्निर्माण तथा पुनस्स्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने जनाइएको छ। संकटग्रस्त क्षेत्र २०७९ वैशाख मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here