सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दम र सुगर सम्बन्धी समस्या भएकी उनको अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0