सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीले राजीनामा दिए


धनगढी – जन्ममिति सम्बन्धि विवादमा मुछिएका सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् ।

उनले बुझाएको राजीनामा आईतबार नै प्रदेश प्रमुखले स्वीकृत गरिसकेको जनाईको छ । सभामुुख अर्जुनबहादुर थापाका स्वकीय सचिव कविन्द्र रोकायाले हाल कानुन उपसचिव दोजेन्द्र काफ्लेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको बताएका छन ।

सचिव धामीको नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक–फरक जन्म मिति राखिएको र सचिव पदका लागि अयोग्य भएको भन्दै विवाद भएको थियो । २०३३ सालमा जारी भएको धामीको नागरिकतामा १८ वर्ष उल्लेख भए पनि शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति २०१६र११र२९ उल्लेख छ ।

प्रदेशसभा सचिवमा ४५ वर्ष पूरा भएर ६० वर्ष पूरा नभएको व्यक्तिलाई नियुक्त गर्ने प्रावधान ऐनमा राखिएको छ । धामी २०७६ सालको जेठ २८ गते प्रदेशसभा सचिवमा नियुक्त भएका थिए । नागरिकता अनुसार धामीले उक्त मितिमा ६० वर्ष पूरा भइसकेपछि नियुक्ति लिएको भन्दै विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0