पाँच बर्षको अवधिमा सुदूरपश्चिममा सवारी दुर्घटनामा परी ८५१ जनाको मृत्यु


अत्तरिया– सुदूरपश्चिम प्रदशमा पछिल्लो ५ वर्षको अबधिमा ८५१ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन । अर्थिक बर्ष ०७३/०७४ देखि आर्थिक बर्ष ०७७/०७८ सम्म एक हजार नौ सय ५८ सवारी साधन दुर्घटना हुँदा ८५१ जनाको मृत्यु भएको सुदूरपश्चि प्रदेश ट्राफिक कार्यालय अत्तरियाको तथ्याङ्मा उल्लेख गरिएको छ ।
दुर्घटनामा परी सबै भन्दा बढी परुषको मृत्यु भएको छ । पाँच बर्षको अन्तरालमा ६१० जना पुरुषको मृत्यु भएको छ । त्यस्तै १४७ जना महिला, ६७ बालक र २८ बालिकाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सबै भन्दा बढी आर्थिक बर्ष ०७५/०७६ सालमा २२३ जनाको मृत्यु भएको छ । त्यस्तै सबै भन्दा कम ०७३/७४ मा १३२ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा सवारी दुर्घटनामा परी बर्षेनी सयौले ज्यान गुमाउने गरेका छन । सुदूरपश्चिम प्रदेश सात पहाडी जिल्ला र २ तराइका जिल्ला मिलेर बनेको प्रदेश हो । प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार पहाडी जिल्ला र अव्यवस्थीत सडकका कारण सवारी दुर्घटना बढेको बताइएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा बढी सवारी साधन दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय कैलालीका प्रमुख एसपी प्रविण धिताले बताए । ट्राफिक नियको पालना नगर्दा पनि सवारी दुर्घनामा बृद्धि भएको उनले बताए ।
जनसंख्या बृद्धिका कारण सडकमा चाप बढ्नु र चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढ्दै गएको धितालले बताए । पहाडी जिल्लामा बटो पनि साघुरो छ उनले भने, ‘हाम्रो सुदूरपश्चिमका पहाडी जिल्लामा बाटो पनि साघुरो छ । यसमा चालकहरुले पनि ध्यान दिनु पर्ने हुन्छ । तर धेरे जसो चालकहरु विभिन्न प्रकारका नशालु पदर्थ सेवन गरी सवारी चलाउने गर्दछन । जसको कारण दुर्घटना बढ्दै गएको छ ।’
अन्य सवारी साधनको तुलनामा मोटर साइकल बढी दुर्घटना भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक बर्ष ०७७/०७८ मा ४२७ मोटर साइकल दुर्घटनामा परेका छन । तिब्र गति र चालकको लापरवाहिका कारण सुदूरपश्चिममा मोटर साइकल बढी दुर्घटना हुने गरेकोे एसपी धितालले बताए ।
पहाडी जिल्लामा बरीखाको समयमा पहिरोका कारण र तराइका जिल्लामा हिउँदको समयमा हुस्सुका कारण सवारी दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले चालकलाई समयसमयमा सचेत गराउँदै आएकोे भएपनि चालकले लापरवाही गर्दा दुर्घटना बढ्दै गएको एसपी धितालले बताए ।
सबै सवारी चालकले आफ्नो पेशा प्रति जिम्मेवार भएर काम गर्नु पर्नेमा उनले जोड दिए । सवारी दुर्घटना कम गर्नका लागि ट्राफिक प्रहरीको पहलले मात्र नहुने उनले बताए । सबै चालकले ट्राफिक नियमाको पालना गरी सिमित गतिमा सवारी साधन चलाए दुर्घटना कम हुने र बर्षाै सयौले ज्यान गुमाउन नपर्ने एसपी धितालले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0