बझाङको साइपाल गाउँपालिकामा सेनाको हेलिकोप्टर मार्फत चामल ढुवानी


बझाङ – बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टर मार्फत चामल ढुवानी गरिएको छ । लगातार भएको हिमपातका कारण खाद्यान्न अभाव भएपछि नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट आइतवार हेलिकोप्टरबाट चामल साइपाल पु¥याइएको हो ।

हेलिकोप्टरले तीन पटक गरी ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पु¥याएको हो । उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ । यो वर्ष साइपाल गाउँपालिकामा तीन हजार क्विन्टल चामल ढुवानी हुने भएको छ ।

हिमपातका कारण साइपाल गाउँपालिकामा पाँचदेखि सात फिटसम्म हिउँ जमेकाले बाटाघाटा बन्द छन् । स्थानीयको घरमा सञ्चित खाद्यान्न पनि सकिएपछि खाद्यान्नको चरम अभाव सुरु भएको थियो । यातायातका साधन नपुगेको र भेडा च्याङ्ग्राका लागि बाटो नभएकाले हेलिकप्टरलाई गुहार्नु परेको स्थानीय तिलक विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0