महाकाली नदीमा फसेकी महिलाको उद्धार


दार्चुला – महाकाली नगरपालिका ५ गल्फैस्थित महाकाली नदीको बिच भागमा फसेकी महिलाको उद्धार गरिएको छ । आइतबार बिहान बालुवा निकाल्ने क्रममा एक्कासी पानीको सतह बढ्दा नदीमा फसेकी महिलालाई प्रहरीको टोलीले उद्धार गरेको हो ।

बिहान नदीमा पानी कम भएको अवस्थामा बिच नदीबाट बालुवा निकाल्न पुगेकी महाकाली नगरपालिका ५ की २४ वर्षीया लिला ओड नदीमा पानी बढेपछि बीचमा फस्न पुगेकी थिइन् ।

प्रहरीका अनुसार नदीमा पानीको बहाव एकाएक बढेर उनी बिचमा फसेकी थिइन् । नदीमा पानी बढेर उनी फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको दार्चुला प्रहरीका डीएसपी मनोहरप्रसाद भट्टले बताए । ओडको उद्धार गरेर जिल्ला अस्पताल ल्याइएको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0