समाजवादी प्रेस संगठन डडेल्धुराको अध्यक्षमा विष्ट चयन


डडेल्धुराः समाजवादी प्रेस संगठन डडेल्धुराको अध्यक्षमा भूपेन्द्र विष्ट चयन भएका छन्। शुक्रबार जिल्ला सदरमुकाममा सम्पन्न प्रथम जिल्ला भेलाले विष्ट अध्यक्षतामा सर्वसम्मत १९ सदस्यीय कमिटी चयन गरेको हो।

समितिको उपाध्यक्षमा ललित बोहरा र प्रकाश पार्की चयन भएका छन्। सचिवमा हर्कबहादुर चन्द, सहसचिवमा लोकेन्द्र विक, टीकाराम साउँद तथा कोषाध्यक्षमा शेर भण्डारी चुनिएका छन्।
सदस्यहरूमा विमलप्रसाद बोहरा, भक्त गाहमगर, फुलमाया बोहरा, वीरराम कामी, पूजा भण्डारी, मोहन ऐरी, दिपेन्द्र नाथ तुलसी विक, पार्वती बोहरा, ललिता रावल, चन्द्र नाथ र कमला शाही चयन भएका छन्।

भेलाको उद्घाटन सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयका राज्यमन्त्री माया तामाङ बोहराले गरेकी थिइन्। साँझ भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0