प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लामा काँग्रेस जुट्यो चुनावी तयारीमा

0
149

डडेल्धुरा– नेपाली काँग्रेस डडेल्धुराले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पार्टीले चुनावी अभियान नै सुरु गरेको हो । शुक्रबार बसेको काँग्रेसको जिल्ला कार्यसमितिको तेस्रो बैठकले निर्वाचनको पूर्व तयारीका लागि विभिन्न गठन गरेको छ ।

जिल्ला सभापति भीमबहादुर साउदका अनुसार समितिका संयोजक र सदस्यहरु मनोनित गरिएको छ । बैठकले कार्य सम्पादन समितिसँगै अनुशासन समिति र अन्य समितिसमेत गठन गरेको काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए।

चटौतका अनुसार कार्यसम्पादन समिति, विभिन्न प्रशिक्षण शाखा, भ्रातृ संगठन शाखा, विकास शाखा, प्रचार–प्रसार शाखा, अभिलेख शाखा, कार्यक्रम तथा समन्वय शाखा, परामर्श सल्लाह सुझाव तथा निर्देशिका समितिलगायतका गठन गरेको छ।

जिल्ला सभापति साउदको नेतृत्वमा १३ सदस्यीय कार्यसम्पादन समिति र सल्लाह सुझाव तथा निर्देशन समिति गठन गरिएको छ। निर्देशन समितिको सदस्यमा महासमिति सदस्य गोविन्दराज बोहरा, महासमिति सदस्य रघुवीर भट्ट, महासमिति सदस्य नरभान कामी र महासमिति सदस्य जनकराज कलौनी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here