भारत जनसम्पर्क समितिका संस्थापक पी.एच. भट्टको १०० बर्षको उमेरमा निधन


अत्तरिया– भारत जनसम्पर्क समितिका संस्थापक तथा इतिहास विद पी.एच. भट्टको १०० बर्षको उमेरमा निधन भएको छ । आज विहान कञ्नपुरको भिमदत्त नगरपालिका वडा नम्बर ५ मा आफ्नै निवासमा निधन भएको हो ।

No description available.नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोइराला, गणेशमान सिंह, कृष्णप्रशाद भट्टराई गिरिजा प्रसाद कोइराला लगायतका नेताहरु संगै लामो राजनीतिक सहकार्य गरेका भट्टको आकास्मिक निधन भएको आफन्तले बताए ।

वि.स. १९७८ मा डडेल्धुरामा जन्मिएका भट्टले नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिशिस्ट भुमिका निर्बाह गर्दै डडेलधुरा जिल्लामा २०१५ भएको आम निर्वाचनमा द्वारिकादेबी ठकुरानीको प्रचार प्रसार समितिका संयोजक समेत रहेका थिए ।
प्रजातन्त्र सेनानी, नेपालमा नागरिक अधिकार र प्रजातन्त्रका लागि लामो समय जेल बस्दै बहुदलीय ब्यवस्थाको हिमायती भएर नेतृत्व गरेकै करण लामो समय प्रबाशमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0