धनगढी– सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज (बुधबार) वर्षासँगै हिमपात भएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुलाका केही स्थानमा हिमपात भइरहेको हो। अहिले पनि हिमपात भइरहेको छ।
बैतडीका खोड्पे, सतबाँज, श्रीभावर लगायतका हिमपात भैरहेको त्यहाँका स्थानीयले बताएका छन्। गत सातामात्रै सुदूर पहाडमा हिमपात भएको थियो। हिमपातपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ। यस्तै तराइमा पनि वर्षा भइरहेको छ।