कण्डम र सेक्स टोयको व्यापार बढ्दा धनगढीमा पनि खुल्यो सेक्स टोय एण्ड कण्डम हाउस सप

0
338

धनगढी – कैलालीको धनगढीमा सेक्स टोय सप एण्ड ‘कण्डम हाउस खुलेको छ। काठमाडौं उपत्यकासहित विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीमा उपमहानगरपालिकाको ट्राफिक चौराहा नजिक सेक्स टोय एण्ड कण्डम हाउस सप खुलेको हो।


सपको औपचारिक उद्धघाटन सोमबारका लागि तय गरिएको संचालक राजेश खतिवडाले जानकारी दिए। ‘कण्डमका विभिन्न भेराइटीहरुसंगै सेक्स टोयका पनि विभिन्न सामाग्रीहरु यहाँ पाइन्छ,’ उनले भने, ‘धनगढी कण्डम हाउस सुदूरपश्चिम प्रदेशकै पहिलो कण्डम हाउस हो।’ उनका अनुसार सपमा यौन सम्बन्धि दक्ष व्यक्तित्वसंग परामर्श पनि दिइनेछ।


पछिल्लो समय आफ्ना यौनसाथी साथमा नभएकाहरूका लागि फलदायी हुने भएकाले पनि सेक्स टोयज ९यौन खेलौना० का प्रयोगकर्ता बढ्दै गएका छन्। विशेष गरी धेरैजसो श्रीमान् श्रीमतीमध्ये एकजना लामो समयसम्म घरबाहिर रहेकाहरूले यस्ता साधनको प्रयोग गर्दै आएका छन्। सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु कण्डम हाउस एण्ड सेक्स टोय सपमा पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here