गोदावरीमा ९ हजार बालबालिकाले लगाए कोरोना खोप


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका ९ हजार बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइएको छ । माघ १८ गते देखि शनिबार सम्म ९ हजार बालबालिकालाई कोरोना खोप लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले नगरपालिकाका १२ देखि १८ बर्ष उमेर समुहका ११ हजार १७० बालबालिकालाई कोरोना खोप लगाउने लक्ष्य राखिएको बताए । उनले खोप कार्यक्रम यो साता भरी जारी रहने बताए ।

नगरपालिकाले बालबालिकालाई कोरोनाको मोर्डना खोप लगाइरहेको छ । गोदावरी नगरपालिकामा हाल ५४ वटा सामुदायिक र ३६ वटा संस्थागत विद्यालय रहेका छन भने ३ वटा गुरुकुल र मदरसा रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0