बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन् ।

सुरुमा देउवा र ओलीबीच मात्र भेट हुन लागेको भनिए पनि सो भेटमा प्रचण्डसमेत सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘तीन नेताबीच चार बजे छलफल तय भएको छ’, देउवाको सचिवालय स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाको निम्तोमा एमाले अध्यक्ष ओली आइतबार अपराह्न बालुवाटार जान लागेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0