कञ्चनपुरमा घरमा आगलागी, एक जनाको मृत्यु

0
17
सांकेतिक तस्विर

अत्तरिया– कञ्चनपुरको एक घरमा आगलागी हुँदा वृद्धको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी हुँदा ७२ वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सोमबार राति गोठमा बालेको आगो सल्किएपछि एक कोठे खरको घरमा आगलागी भएको प्रहरीले बताएको छ। बिरामी अवस्थामा रहेका वृद्धबाहेक घरका अन्य सदस्य सुरक्षित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here