कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते


कञ्चनपुर– कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने राजेश बमले चलाएको सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

अनियन्त्रित भएर रूखमा ठोक्किँदा चालक १८ वर्षीय बमको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार पुस्कर बम घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0