बैतडीमा बालबालीकालाई आज देखि मोडर्ना खोपको दोस्रो डोज दिन सुरू


बैतडी – बैतडीमा बालबालीकाहरुलाई आज (सोमबार) देखि मोडर्ना खोपको दोस्रो डोज दिन सुरु गरिएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालीकाहरुलाई आजदेखी मोर्डनाको दोस्रो खोप दिन सुरु गरिएको हो । गत महिना यहाँका १२ देखि १७ वर्ष उमेर समूहका करिब ३२ हजारलाई मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।

खोपको पहिलो मात्रा लगाएकाहरूलाई मात्र दोस्रो मात्रा दिन सुरू गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए । खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहमा आवश्यक खोप पठाइसकिएको उनले बताए ।

दोस्रो मात्रा दिन स्थानीय तहहरूले सम्बन्धित विद्यालयहरुसँग समन्वय गरेर खोप अभियान सञ्चालन गरिएको हो । प्रत्येक स्थानीय तहका विद्यालय र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र सञ्चालन गरिएको छ ।

बैतडीमा हालसम्म १ लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १ लाख ६ हजार २५२ जनाले पूर्ण खोप लगाएका छन् । भारतसँग सीमा जोडिएको बैतडी कोरोनाको जोखिममा रहेको छ । यहाँ संक्रमणका कारण हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0