बाक्लो हुस्सुका कारण धनगढी विमानस्थलमा हुने सबै उडान प्रभावित

0
46

धनगढी– बाक्लो हुस्सुका कारण हवाई उडानमा प्रत्यक्ष असर पर्न थालेको छ। हुस्सुका कारण आज धनगढी बिमानस्थलमा हुने सबै उडानहरू प्रभावित भएका हुन्। विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आकाश नखुलेपछि अहिलेसम्म कुनै उडान हुन नसकेको बताए।

‘धनगढीकाठमाडौं-धनगढी दैनिक ७ उडान भइरहेका छन्,’ उनले भने, ‘अहिलेसम्म आकाश नखुलेपछि एउटा उडान पनि भएको छैन। अरु दिन दिउसोसम्म उडान हुने गरेको थियो। तर आज कुनै उडान भएको छैन। दिउसोसम्म एउटा पनि उडान नभएको यो सिजनमा पहिलोपटक हो।’

धनगढीमा श्री एयरलाइन्स र बुद्ध एयरलाइन्सले दैनिक ३र३ र सौर्यले एक उडान भर्दै आएको छ। हुस्सुले उडान प्रभावित भएपछि यात्रु मर्कामा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here