बैतडी–धनगढी हवाई सेवा बन्द


बैतडी– बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ। हप्ताको एक दिन शुक्रबार पाटन विमानस्थलबाट धनगढीसम्म उडान गर्ने समिट एयरको हवाई सेवा महिना दिनयता भएको छैन।

नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले यात्रु कम भएकाले उडान हुन नसकेको बताएका छन्। १८ यात्रु क्षमताको समिट एयरको जहाज दसैंपछिसम्म पनि राम्रो चलिरहेको भट्टले बताए। तर पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने र उडान नहुने चिन्ताले यात्रु नआउने गरेका उनले बताए। दैनिक १४÷१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिने उनको भनाई छ।

बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा उक्त भाडा महंगो भएको स्थानीय बताउँछन्। एक स्थानीय भन्छन्, ‘६र७ सयमा गाडीमा धनगढी पुगिन्छ। अहिले हवाई भाडा बढेर ४ हजार १ सय रुपैयाँ पुगिसकेको छ।

समिट एयरका बैतडी पाटन विमानस्थल हेर्ने कृष्ण भट्ट भने यात्रु अभाव नभई मौसम खराबीले उडान हुन नसकेको बताएका छन्। उनले भने, ‘यात्रु नै नपाएर उडान नभएको होइन। मौसमको खराबीले हो।’ उनले सुरुमा भाडा ३ हजार ८ सय ५० रुपैयाँ रहेको तर इन्धनको मूल्य बढेपछि भाडा बढाइएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0