सुदूरपश्चिममा भ्रष्टाचार बढ्दै, अख्तियारमा उजुरीका चाङ

0
21

धनगढी– चालु आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिममा आर्थिक अनियमितताका उजुरीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा साउनदेखि माघ दोस्रो सातासम्म गरी विभिन्न प्रकृतिका ३ सय ८ मुद्दा दर्ता भएको पाइएको हो। विभिन्न माध्यमबाट अख्तियारमा उजुरी दर्ता भइरहेको कार्यालयले जनाएको छ।

अख्तियारको कार्यालय कञ्चनपुरमा साउन महिनामा ३६, भदोमा ५६, असोजमा ४१, कात्तिकमा ३४, मंसिरमा ५०, पुसमा ४५ तथा माघ दोस्रो सातासम्म २२ गरी विभिन्न प्रकृतिका ३ सय ८ उजुरी परेको तथ्यांकले देखाएको छ। सवैभन्दा बडी उजुरी स्थानीयतहसँग सम्वन्धित रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी चन्द्रकान्त वस्नेतले बताए। ‘उजुरीको संख्या बढ्दै गएको देखिन्छ, त्यसमा पनि स्थानीतहसँग सम्वन्धित उजुरीको संख्या सबैभन्दा बढि देखिन्छ,’ सुचना अधिकारी वस्नेतले भने।

प्रदेशभित्र ३२ प्रतिशत उजुरी स्थानीय तहसँग सम्वन्धित दर्ता भएको बताइएको छ। कुल उजुरीमध्ये निर्माण कार्यमा भएको अनियमिततासँग सम्वन्धित संख्या पनि उच्च देखिएको सुचना अधिकारी वस्नेतले बताए। विभिन्न माध्यमको प्रयोग गरेर विशेष गरी स्थानीय तहमा भइरहेका विकास निर्माणमा देखिएको अनियमितताको विषयलाई लिएर अख्तियारमा उजुरी दर्ता भइरहेको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here