महाकाली नदीबाट जिवितै उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु


दार्चुला – महाकाली नदीमा बगेर जिबितै उद्धार गरिएका युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो नुहाउँन गएका बेला नदीमा बगेका दार्चुलाको व्याँस गाउँपालिका – ४ सुन्सेराका २१ वर्षिय सुभाष कुँवरको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई नदीमा बगिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिएका छन ।
महेन्द्र नमुना माध्यामिक विद्यालय खलंगामा कक्षा १२ मा अध्यनरत ति युवक सदरमुकाममा भाडामा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0