सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२१ जनामा कोरोना पुष्टि


धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १२१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८७ नमुना परीक्षण गर्दा थप १२१ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा एकजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन् । ती मध्ये चारजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0