सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचन मतदान सुरु


धनगढी ः सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको मतदान सुरु भएको छ। आज बुधबार बिहान ९ बजेबाट सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टका अनुसार मतदान दिउसो ३ बजेसम्म चल्ने वताएका छन। मतदानका लागि प्रदेश सभाभित्रै दुई वटा मतदान केन्द्र बनाइएको भट्टले बताए।

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलित तर्फ बैतडीका नरेश वि.क. र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।
यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट कैलालीका नारायणदत्त मिश्र, दलितमा डडेल्धुरावाट माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन् । प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0