नवदुर्गा गाउँपालिका २ बेडुपानी डडेल्धुरामा अस्थायी प्रहरी पोष्ट स्थापना

0
78

डडेल्धुरा ः डडेल्धुराको नवदुर्गा गाउँपालिका २ बेडुपानीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। त्यस क्षेत्रका नागरिकलाई शान्ति सुरक्षाको अनुभुती, अपराधी घटना नियन्त्रण गर्न उद्देश्यले सोमबार एक कार्यक्रमकाबीच प्रहरी नायव उपरीक्षक देबेन्द्रबहादुर पालको अध्यक्षतामा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र गाउँपालिका अध्यक्ष कबिन्द्र बहादुर बिष्टले सयुंक्त रूपमा उक्त अस्थायी प्रहरी पोस्टको उद्घाटन गरेका छन्।

अस्थायी प्रहरी पोष्ट स्थापनापछि यो क्षेत्रमा आपराधिक क्रियाकलपमा कमि आउने गाउँपालिका अध्यक्ष कबिन्द्र बहादुर बिष्टले बताएका छन । स्थानीयको माग अनुरुप रेडक्रसको खाली भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको र नागरिकको शान्ति सुरक्षासङ्गै अपराधीक घटना तत्काल नियन्त्रण गर्न सहज हुने डडेल्धुराका प्रहरी नायव उपरीक्षक देबेन्द्रबहादुर पालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here