सुदूरपश्चिममा ४ जनामा ‘ओमिक्रोन’ पुष्टि


धनगढी – सुदूरपश्चिममा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ। प्रदेशका ४ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो। कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कार्कीले बताए।

‘कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको थियो,’ उनले दिनेशखबरलाई भने, ‘उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको छ।’ संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0