कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

0
22

कञ्चनपुर – कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए।

बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। तर पक्राउ परेका खुनालाई छाडिएको स्रोतले बताएको छ। उनलाई थुनाबाट छाडे पनि कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरी निरीक्षक बोहराले बताए।

खुनाले शुक्लाफाँटा–६ कसरौलका तर्कराज भट्टको सुत्केरी बाख्रीलाई आइतबार करणी गरेको आरोप लागेको हो। करणीपछि बाख्रा मरेको छ। भट्टले बाख्राको मूल्य बराबरको रकम लिएको बताएका छन्। खुनालाई यसअघि गाई करणीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पशुको करणी गरे÷गराए १ वर्ष कैद र १० हजार जरिमाना हुने कानुनमा व्यवस्था रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here