कोरोना खोप लगाएको केही समयमै कैलालीका एक पुरुषको मृत्यु


अत्तरिया – कैलालीमा कोरोना खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका – ४ को आधारभूत स्वास्थ्य केन्द्रमा खोप लगाएका स्थानिय राम दास डगौराको मृत्यु भएको हो । उनले आजै भेरोसेलको दोस्रो डोज लगाएका थिए ।

नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव बिरेन्द्र प्रशाद सापकोटाले खोप लगाएर डगौराको खोप लगाएको २ घण्टा भित्रमै मृत्यु भएको बताए ।

‘खोप लगाएर आधा घण्टा त उनी खोप केन्द्रमै बसेका थिए भन्ने बुभिएको छ’ अत्तरिया अनलाइन संग कुरा गर्दै उनले भने ‘खोप लगाएपछि घर पुग्नु भन्दा केही वरै बेहोस भएका रहेछन । त्यसपछि उनलाई खोप केन्द्रमा ल्याउदै गर्दा मृत्यु भयो ।’

उनले मृत्युको कारणका बारेमा अझै पत्ता नलागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0