बैतडीमा एक लाख बढीले लगाए कोरोनाको पूर्ण खोप


बैतडी – बैतडीमा एक लाख बढीले कोरोनाको पूर्ण खोप लगाएका छन । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख पाँच हजार ६५८ जनाले पूर्ण खोप लगाएका छन् । यस्तै, पहिलो मात्रा लगाउनेको संख्या भने एक लाख ३९ हजार ९८५ रहेको छ ।पछिल्लो विवरण अनुसार पुर्चौंडी नगरपालिकामा २० हजार ५६८ जनाले पहिलो मात्रा र १२ हजार ७७२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैगरी, जिल्लाको पाटन नगरपालिकामा १५ हजार ३१८ जनाले पहिलो मात्रा र २१ हजार ६६७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र ७ हजार ४१० जनाले पूर्ण मात्रा खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र ८ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0