कैलालीमा मोबाइल चोरीको आरोप लागेका २ प्रहरी निलम्बित


धनगढी – धनगढीको एक मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोप लागेका २ जना प्रहरी निलम्बनमा परेका छन् । ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेको आरोप लागेका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बन परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुबै जना बिरुद्ध चोरीको मुद्धा दर्ता गरी अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन ।

उनले मुद्धाको अन्तिम फैसला नहुदा सम्मको लागि निलम्बन गरिएको उनले बताए । लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा चेकजाँच गर्न गएका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0