डडेल्धुरा सहित २८ जिल्लाका भूमिहीन, सुकुम्बासीसंग जग्गा प्राप्तिका लागि निवेदन माग


राष्ट्रिय भूमि आयोगले डडेल्धुरा सहित २८ जिल्लाका भूमिहीन, सुकुम्बासीसँग जग्गा प्राप्तिका लागि निवेदन माग गरेको छ । आयोगले यस अघि लिएको विवरणमा छुटेकाहरूका लागि यही माघ १८ गते देखि ३५ दिनभित्र निवेदन दिन माग गरेको हो । आयोगले डडेल्धुरा सहित २८ जिल्लाका ९१ वटा स्थानीय तह चयन गरेर निवेदन माग गरिएको आयोगका अध्यक्ष केशव निरौलाले जानकारी दिए ।

जसमा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरा रहेका छन् ।

यस्तै आयोगले भूमिहीनलाई आफूले आवाद गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिएपछि गराउन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0