इनटेलिजेन्स शाखामा सरुवा भएका ट्राफिक प्रहरी प्रमुख गौतमको विदाई


अत्तरिया ः सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको आज बिदाइ भएको छ। सरुवा भएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा कार्यरत गौतमको एक कार्यक्रमका साथ बिदाइ गरिएको छ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि उनको सरुवा गरेको थियो। गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएको छ। गौतमको ठाउँमा अब प्रविण धिताल आउने भएका छन्। धिताल यसअघि नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेमा कार्यरत थिए।

बिदा हुँदै गौतमले सुदूरपश्चिमवासीलार्इ आफुले सुपमा वस्दा सवै पक्षवाट सहयोग रहेको भन्दै सामाजिक सन्जालमार्फत आभार व्यक्त गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0