सुदूरपश्चिममा एकै दिन ३१८ जनामा कोरोना संक्रमण पुष्टि


धनगढी – बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा दुई हजार २०५ नमुना परीक्षण गर्दा थप ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार १८४ जनामा गरिएको पिसिआर परीक्षणमा ६३ जना र दुई हजार २१ जनामा एन्टिजेन परीक्षण गर्दा २५५ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा मात्रै भारतबाट फर्किएका २२७ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको गौरीफण्टामा १११ जना, गड्डाचौकी नाकामा १०५ जना, झुलाघाट नाकामा ६ जना र पुलघाट नाका दार्चुलामा पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य निदेशनालय डोटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0