कञ्चनपुरमा जीप दुर्घटना, ७ जना घाइते

0
10

कञ्चनपुर – कञ्चनपुरमा जीप दुर्घटना भएको छ । बिहिबार विहान सडकको कल्भर्टमा ठोक्किएर दार्चुलाबाट बेलौरी जाँदै गरेको सुप्रप ०१ ००१ ज १३६३ नम्बरको जीप पुनर्वास नगरपालिका–११ मा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना घाईते भएका छन ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी चालक दार्चुलाका व्यास गाउँपालिका–४ का २५ वर्षीय बिरसिंह धामी, सोही ठाउँका २४ वर्षीय विरेन्द्र धामी, कञ्चनपुर पुर्नवास नगरपालिका–१ का ६८ वर्षीय मोहन भण्डारी, उनकी श्रीमती वर्ष ६२ की जयन्ती भण्डारी, सोही ठाउँका वर्ष २४ का करुणा भण्डारी, वर्ष ८ का प्रया भण्डारी र ३ वर्षीय पारस भण्डारी घाइते भएका छन ।

घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here