आज रातिदेखि लागू हुने गरी कैलालीमा १२ बुँदे आदेश जारी


धनगढी – कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई लक्षित गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारीले १२ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन्। प्रमुख जिल्ला अधिकारी किरण थापाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै आदेश जारी गरेका हुन्।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको जारी सूचनामा उल्लेख छ। उक्त आदेश बुधबार राति १२ बजेदेखि लागू हुनेछ।

आदेश लागू भएपछि एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन। आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान ९होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भए पनि हुने० साथमा राखेको हुनुपर्ने उल्लेख छ।

माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ। १५ गतेसम्म भौतिक रुपमा पठनपाठन गर्न रोक लगाइएको छ भने जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालय भिडभाड नहुने गरी सञ्चालन गर्न आदेश जारी गरिएको छ।

आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0