नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी


धनगढी – नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। उनी २८७ मत पाउदै बिजयी भएका हुन । थापाले प्रतिद्वन्दी भन्दा ४ मत मात्रै बढी पाएका छन । उनका प्रतिद्वन्दी रणबहादुर चन्दले २८३ मत पाएका थिए ।
यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाएका छन ।

सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0