सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित


अत्तरिया – कैलालीको अत्तरियाम हुने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले मंगलबार देखि आयोजना गर्न लागेको महोत्सव कोरोना महामारीको कारण स्थगित गर्न लागिएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस भनेर स्थगित गर्न लागिएको बताए ।

उनले महोत्सवका लागि सबै तयारी पुरा भएको भएपनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको बताए । उनले हाल महोत्सवका लागि तयार गरिएका संरचना पनि कार्यसमितिको बैठकबाट निर्णय गरेर हटाइने बताए । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0