दुइ बर्षदेखि स्थगित धनगढीमा सुदूरपश्चिम महोत्सव माघ १८ देखि हुँदै


अत्तरिया – कैलालीको धनगढीमा हुने सुदूरपश्चिम महोत्सव माघ १८ देखि २९ सम्म हुने भएको छ । सोमबार धनगढीमा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिइएको हो ।

विगतमा मंसिर २२ गते देखि हुने गरको महोत्सव यो बर्ष भने कोरोना महामारीका कारण ढिलाई हुन गएको जनाईको छ । यो बर्ष महोत्सव धनगढी उपमहानगरपालिका – ४ उत्तरवेहडीमा हुने कैलाली उद्योग बाणिज्य संघ अध्यक्ष पुस्प राज कुवँरले बताए ।

उनले महोत्सवमा ४ सय स्टल रहने बताए । महोत्सवमा ४ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजनकले लिएको छ । महोत्सवमा १५ करोड बढीको कारोबार हुने अपेक्षा लिइएको अध्यक्ष कुवँरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0