अत्तरिया – कैलालीको अत्तरियामा न्यानो कपडा वितरण तथा संकलन अभियान सुरु गरिएको छ । अभियान्ता यशोदा भट्ट चोखालको र थ्रीडीभिएल क्रियसनको आयोजना ‘छोरीका लागि छोरी संस्था नेपाल’ को सहकार्यमा अत्तरियामा आइतबार देखि उक्त अभियान सुरु गरिएको हो ।
छोरीका लागि छोरी संस्था नेपाल कैलाली जिल्ला सूचना बिभागकी सदस्य यशोदा भट्ट चोखालले देशभरीका ७७ वटै जिल्लामा अभियान संचालन गर्ने कार्यक्रम अन्तरगत कैलालीमा पनि अभियान संचालन गरिएको बताइन् ।
उनले जाडो बढे सँगै तराई र पहाडी जिल्लाबाट न्यानो कपडाको माग भएको हुँदा अभियान सुरु गरेको बताइन । उक्त अभियान अन्तर्गत विपन्न वर्गलाई न्यानो कपडा उपलब्ध गराइने जनाइएको छ ।
अभियानलाई सुदूरपश्चिमका सबै जिल्लामा विस्तार गरिदै लगिने थ्रीडीभिएल क्रियसनका अध्यक्ष्य दीपक ओझाले बताए ।