कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चाँददेउस्थित सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएका छन् । शनिबार सडकमै रोकेर राखेको रा १ त ८९९ को ट्याक्टरमा से ६ प ३९६३ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका ९ मतपुरे बस्ने २६ वर्षीय दिप्पु चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0