धनगढीबाट ७ जुवाडे पक्राउ


धनगढी – कैलालीको धनगढीबाट ७ जुवाडे पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – ८ बस्ने बर्ष ३६ को टेकराज खनालको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका – १० का २६ बर्षिय भुमिराज चौधरी, सोही ठाउँका २५ बर्षिय अरबिन चौधरी, ३२ बर्षिय रमेश कठरिया, २८ बर्षिय ज्ञानेन्द्र कठायत, कैलारी गाउँपालिका – ८ बस्ने ३६ बर्षिय भिकराम चौधरी, सोही ठाउँका ३६ बर्षिय टेक बहादुर साउँद र धनगढीका ३६ को टेकराज खनाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुलाई गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले पक्राउ गरेको जनाईको छ ।

प्रहरीले जुवा खालबाट ४२ हजार ६ सय ८५ रुपैयाँ समेत बरामद गरेको छ । शनिबार राति पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0