एमाले राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिमबाट​ ९ जनाको नाम सिफारिस


धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनको लागि एमालेका तर्फबाट ९ जनाको नाम सिफारिस भएको छ। खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिमले जनाएको छ। खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरिएको बताइएको छ।

खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको छ। त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लालीराम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन्। महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन्।

सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पुरा भएको छ। कार्यकाल पुरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट काँग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन्। सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0